प्रदेश एकका सामाजिक विकासमन्त्री घिमिरे डिस्चार्ज

everest kitchen

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको हो । मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना पोजेटिभ देखिएको थियो ।

गत भदौ १५ मा कोरोना संक्रमण पुष्टि भएका घिमिरे १८ दिनपछि बिहीबार घिमिरे संक्रमणमुक्त भएका हुन् । संक्रमण देखिएपछि उनी क्वाटरमै एकान्तबास बसेका थिए । १८ दिनको एकान्तबासपछि संक्रमणमुक्त भएका घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

उक्त प्रदेशमा हाल करिब पाँच हजारबढि कोरोना बिरामीहरु रहेका छन् । पाँच हजार संक्रमितमध्ये दुई हजारबढि संक्रमणमुक्त भइसकेको तथ्यांक रहेको छ । हाल प्रदेश एकमा सक्रिय संक्रमितमध्ये करिब ५० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा उपचाररत रहेका छन् ।