नेकपाको शुक्रबार पेरिसडाँडामा बस्ने तय भएको सचिवालय बैठक स्थगित

everest kitchen
.

काठमाडौं । आज शुक्रबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आउने चार गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे तत्कालीन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको बैठक स्थगित भएको हो ।

ब‌ैठक बस्ने बारे तयारी भएपनि बिबिध कारणले भन्दै आजै बिहान सचिवालय सदस्यहरुलाई असोज ४ गते आइतबारसम्मका लागि बैठक स्थगित भएको सूचना पठाइएको सचिवालयका एक सदस्यले जानकारी दिए । उनका अनुसार “बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी बस्ने व्यवस्था मिलाइसकिएको थियो ।

यसअघि नेकपाका”सचिवालय बैठक निरन्तर प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो । त्यस्तै नेकपाका केही बैठकहरु धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएकामा तत्कालीन माओवादी पार्टी कार्यालय र एकतापछिको नेकपा केन्द्रीय कार्यालय पेरिसडांडामा सचिवालय बैठक बस्ने व्यवस्था मिलाउन लागिएको हो ।