प्रज्वल दोङको तामाङ दोहोरी अडियो गीत “सुन्तला फिबारी” सार्वजनिक

everest kitchen

काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज शुक्रबार सार्वजनिक भएको छ । उक्त दोहोरी गीत तामाङ भाषामा रहेको छ । गीत अडियोमा मात्रै सार्वजनिक भएको हो ।

पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका सिर्जना स्याङतनको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो बन्न केहि समय लाग्नेछ ।

गीतको अडियोलाई शुक्रबार तामाङ ह्वाइ युट्युब च्यनाल मार्फत सार्वजनिक गरिएको र कोरोना प्रकोपले भिडियो निर्माण गर्न सहज नभएको र अब छिट्टै भिडियो पनि निर्माण गरिने गायक छेवाङ स्याङबो तामाङले जानकारी दिए ।