महोत्तरी भङ्गहा न.पा.-६ का एक पीडित परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

everest kitchen

सुरेन्द्र महतो /हिमाल टाईम्स

प्रदेश न.२ महोत्तरी जिल्ला भंगहा न.पा. वडा- ६ संग्रामपुर २०७७/०४/०६ गतेका दिन रातु नदी तर्दा मृत्यु भएको बिरेन्द्र केउट को परिवारलाई हेल्प मधेसी मलेसिया जोहरबारु दलानले खाद्यान्न र आर्थिक सहयोग गरेको छन् ।

श्रीमान को मृत्यु पश्चात् उनीहरुको अवस्था अति नै दर्द्नाक रहेको हुदा तीन ओटा छोरी र हालसालै जुम्ल्याहा बच्चा पाएकि मृतक को श्रीमती लाई खाद्यान्न बस्तु हरुमा चामल १००किलो, दाल ५ किलो, आलू १५किलो, प्याज १०किलो, नुन ५किलो, खाने तेल ५ लिटर , साबुन नुहाउने ४ पिस, खुर्सानी १किलो, हल्दी ५०० ग्राम, नरिबल तेल ५०० ग्राम, साबुन लुगा धुने ४ पिस, स्वाबिन १ किलो , नब जात शिशुहरुको लागि १/१ सेट कपडा र नगद ने.रु २५०० आर्थिक सहयोग भङ्हा न.पा.६ को वडा प्रमुख चौठी महतो र भंगहा न.पा.को नगर प्रमुख सन्जिब साह ज्युको रोहबरमा र त्यहाको स्थानीय भर भलादमी को उपस्तिथिमा सहयोग गरेको छन् ।

श्रीमानको मृत्यु भएपछि आर्थिक अवस्था कमजोर र बालबालिकालाई हातमुख जोर्न कठिन भएकाले समाजिक संजाल मार्फत जोहर दलानलाई जानकारी हुन साथै सहयोग गरेको संस्थाका सदस्य राजवीर महतोले बताए साथै यस समाजीक संस्था हेल्प मधेशी मलेशिया जोहरबारु दलानले गरिवका, अशाय,दिनदुखी ,पीडित लाई सहयोग गर्न सदैब तयार रहेको जानकारी दिए।

यो खाद्यान्न सामाग्री हस्तान्तरण गर्न सहयोग गर्नु हुने सम्पुर्ण स्थानीय बासिन्दा ,वडा प्रमुख ,नगर प्रमुख पत्रकार ज्यु हरु लगायत हेल्प मधेसी नेपालको सहयोगि सदस्य राजबिर महतो र त्यहाँको टिम लाई हेल्प मधेसी मलेशिया जोहर दलानको उपाध्यक्ष अछेलाल कुशवाहा ले धन्यवाद दिनु भएको छ।