नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने

everest kitchen
.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि पहिलो पटक पेरिसडाँडामा बैठक बोलाइएको हो । यसअघिका बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएका थिए ।

बैठकमा पार्टी र सरकारका कामकारवाही बारे छलफल हुने बताइएको छ । मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने लगायतका विषयमा आजको बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।