बाढी प्रभावित अशक्त कास्कीका रामभक्त अधिकारीलाई आर्थिक तथा भौतिक सहयोग

everest kitchen

काठमाडौं । बाढी प्रभावित अशक्त कास्कीका रामभक्त अधिकारीलाई विभिन्न व्यक्ति र समुहबाट आर्थिक सहयोग गरिएको छ । कास्की लाहाचोकका रामभक्तलाइ स्वदेश तथा विदेशमा बस्ने सोही स्थानका स्थानीयले सहयोग कुल ९२ हजार ४७०रुपैयाँ सहयोग गरेका हुन ।

अविरल वर्षाको कारण बाढी जोखिम र क्षति व्यहोरेका अधिकारीलाई लाहाचोक समाज द कोरियाबाट ६२ हजार २०० रुपैयाँ, लाहाचोक युवा सन्जाल अस्ट्रेलियाबाट १५ हजार रुपैया र सुशील श्रेष्ठले १५ हजार २७०रुपैयाँ संकलन गरेका थिए ।

त्यस्तै बलराम अधिकारीबाट घर छाउनको लागि जस्तापाता सहयोग प्रतिबद्धता र शिव भण्डारीबाट ७ हजार रुपैया बराबरको फर्निचर सहयोगको प्रतिबद्धता र लिलाभक्त दास अधिकारीबाट बालुवा, ढुङ्गा ओसारपसार मा केही सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उक्त सहयोग रकमको संयोजन – सगुन अधिकारी अस्ट्रेलिया , सह संयोजन – कृष्ण प्रसाद बास्तोला कोरिया व्यवस्थापन – सुन्दर हमाल , सुशील श्रेष्ठ , आनन्द अधिकारी लाहाचोक लगायतले अभियान नेतृत्व गरेका थिए । सहयोग अभियानमा सहयोग गर्ने सहयोगी मनहरूलाई अभियान्ताहरुले धन्यवाद दिएका छन् ।