गायक सुरेन्द्र राईको “तिम्रो छेउ बस्दा” युट्युबमा सार्वजनिक (भिडियो )

everest kitchen

काठमाडौं । प्रतिभाशाली गायक सुरेन्द्र राईको ‘एकान्त मा” एल्बममा समावेस “तिम्रो छेउ बस्दा” बोलको गीत आइतबारबाट रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । राईले पछिल्लो समय गीतसंगीतको क्षेत्रमा आफूलाई निकै समर्पित गर्दै उक्त गीत सार्वजनिक गरेका हुन ।

लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको सुरेन्द्र राई र शिला राईको स्वर रहेको म्युजिक भिडियोमा निर्माता राम शोभा राई रहेका छन् ।
भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुले अभिनय गरेका छन् । सुरेन्द्र राई र शिला राईको स्वर रहेको गीतमा सुरेन्द्र राईकै शब्द रहेको छ भने रुद्र श्रेष्ठले संगीत भरेको गीतलाई मनोज मोथेले एरेन्ज गरेका हुन् ।

मितेश गुरुङको छायांकन रहेको गीतलाई सुल्तान यीधिङ्गोले निर्देशन र सम्पादन गरेका हुन् भने परोदुच्शन परशुराम राईको डिजाइन गरेका हुन् । २०७५ सालमा रेडियो नेपालमा स्वर परिक्षर्ण पास गरेका गायक सुरेन्द्र राई आफुलाई एक प्रतिभाशाली गायकको रुपमा प्रस्तुत गर्दै आएका छन् ।

भिडियो :