बिरामी साहित्यकार यासेली योङ्हाङलाई निप्पोन ग्रुप जापानको सहयोग

everest kitchen

काठमाडौं । लिम्बू भाषा, संस्कृतिका लागि अनवरत लागिरहेका यासेली योङ्हाङलाई सेवारो निप्पोन ग्रुप जापानले आर्थिक सहयोग गरेको छ । योङ्हाङ लामो समयदेखि विरामी छन् । निप्पोन ग्रुपले संकलन गरेको ६० हजार रुपैया किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोमार्फत हस्तान्तरण गरिएको हो  ।

यासेली किरात याक्थुङ चुम्लुङका केन्द्रीय सचिवसमेत हुन् । सेवारो निप्पोन ग्रुपका देवी बहादुर ईङ्नाम, थर्कदीप तिगेला, भेषराज चेम्जोङ, सुदिप पालुङ्वा, तिलकजङ निङ्लेकु, देवेन्द्र लावती, लाखध्वज मादेम्बा, आकाश तुम्बापो, रेवती फियाक, प्रकाश हुक्पाचोङ्बाङ, बालबिक्रम तिगेला, मन् कुमार तुम्सा र अटल तुम्बापोले उक्त रकम जुटाएर नेपाल पठाएका हुन् ।

रकम हस्तान्तरण गर्दै महासचिव तुम्बापोले नेपालमा जाति र संस्कृतिको लागि अहोरात्र खटि रहेने योङ्हाङलाई देशविदेशका नेपालीहरुले माया गर्दै आएको बताएकी थिइन् । आफू विरामी भए पनि कुनै काम परे नाई नभनी पुग्ने, सङ्घर्ष गर्नु नै योङहाङको मन जित्ने विशेषता रहेको बताएकी थिइन् । त्यसैगरी जापानबाट सहयोग गर्नेहरुको नामावली वाचन गरी सहयोगी मनहरुप्रति धन्यवाद पनि व्यक्त गरेकी थिइन् ।

युवा गायक कुशल थलङले पनि कलाकारिता, तथा भाषासंस्कृतिमा दिलोज्यान दिने योङ्हाङलाई सहयोग आएकोमा खुशी व्यक्त गरेका थिए । एउटा कलाकारको लागि यतिको सहयोग आउनु नै कलाकारितालाई दिइएको सम्मान हो, थलङको भनाई थियो ।

सहयोग लिँदै यासेली योङहाङले प्रायःजसो चिनजानकै साथीहरुबाट यसरी सहयोग आउनुमा ज्यादै खुशी रहेको बताए । कुनैबेला सँगै दौडिएको, खेलेका साथीभाईबाट सम्झिएर सहयोग गर्नु कलाकारिता र भाषासंस्कृति दिएको यागदानको कदर हो भनेर धन्यवाद दिएका थिए ।