साहित्यकार दीपा राई पुन ‘मैले कोरेको चित्र’

everest kitchen

काठमाडौं। साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’ बोलको म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । पोस्टर आइतवार बेलुकी ८ बजे फेसबुकमार्फत सामुहिक रुपमा सार्वजिक गरिएको हो ।

साहित्यकार दिपा राई पुनको शब्द, प्रताप दासको स्वर, हरि लम्सालको संगीत र चन्द्र चौधरीको मिक्सिङ रहेको उक्त गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । कलाकारहरु आयुषमान देशराज र प्रियन्का कार्कीको अभिनय भिडियोमा देख्न सकिन्छ । क्यामेरामा बुद्ध थापा, र विकाश धमलाको सम्पादन रहेको सो भिडियोको निर्माता विमला राई हुन् ।

एकस्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत चाँडै नै बजारमा आउने दीपा राई पुनले बताइन् । तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२) कविता सङ्ग्रह र प्रतिरूप (गीति एल्बम २०७४) ल्याइसकेकी दीपाले काव्य सरोवर कार्यक्रम पेजबाट एकल कविता वाचन कार्यक्रम संचालन गरिरहेकी छिन् ।