२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु भट्टराई

everest kitchen

काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित खजुरिमा रहेको छ ।

प्रमुख भट्टराईले फेसबुकमा जानकारी लेख्दै भजेका छन् “नेपालको रेल इतिहास । ब्रिटिसले चलाएको स्टिम इन्जिन जसको इतिहाँस २०० बर्ष छ । यो इन्जिन जर्मनमा निर्माण भएको हो र यो दुनियाँमा नेपाल बाहेक अन्त कहि छैन । यसलाइ संग्रहालयको रुपमा बिकास गर्न स्थानीय सरकार र नेपाल रेल्वेको संयुक्त पहलमा बिकास गर्न स्थानीय तहसंग पहल गरेको छु । यो इन्जिन अहिले जनकनन्दनी गाउँ पालिका, खजुरीमा रहेको छ ।”

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ।लवि.स. १९९४ सालमा जनकपुर–जयनगर रेल सेवा सुरु भएको थियो। अंग्रेजहरुले नेपालबाट काठ ढुवानी गर्न भारतको जयनगरदेखि बिजलपुरासम्म रेल चलाएका थिए।

पछि जनकपुरदेखि जयनगरसम्म मात्र रेल्वे सेवा सीमित भयो। पूर्वी क्षेत्रमा जनताका लागि एक मात्र यातायातको साधनको रुपमा रहेको जनकपुर जयनगर रेल्वे सेवा झण्डै ७ वर्षअघि बन्द भएको थियो। ब्रोडगेज रेल सेवा २०७५ को मंसिरदेखि नै सञ्चालन गर्ने तयारी गरेपनि विभिन्न कारणले अहिलेसम्म सञ्चालन हुन सकेको छैन।