विद्युतको झट्का लागेका वडाअध्यक्ष तामाङको निधन

everest kitchen

काठमाडौ । सोलुखुम्बुका एक वडाअध्यक्षको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको माप्य दुधकोशी गाँउपालिका-५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको करेन्ट लागेर उनको मंगलरबार बिहान मृत्यु भएको हो।

मंगलबार बिहान साढे ८ बजे अध्यक्ष तामाङ आफ्नै घरमा रड लिएर छतमा गएका थिए । कुनै कामको लागि छतमा गएका वडाध्यक्ष तामाङलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको आफन्तहरुले बताए छन । करेन्ट लागेपछि उनी बेहोस हुन पुगेका थिए ।

करेन्ट लागेर बहोस वडाअध्यक्ष तामाङलाई आफन्त र प्रहरीको सहयोगमा उपचारको लागि जिल्ला अस्पताल फाप्लुमा लगिएको थियो । जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा बिहान ९ बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।