नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

everest kitchen
photo file

काठमाडौं । सत्तारूढ दफ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ ।

त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन् । यसअघि ४असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । आइतबार पेरिसडाँडामा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रीहरु हेरफेर गर्ने एजेन्डामाथि छलफल भएको थियोे ।

बैठकमा पार्टी र सरकारका कामकारवाही बारे छलफल हुने बताइएको छ । मन्त्रिपरिषद पुनर्गठन गर्ने, सांगठनिक एकीकरणको बाँकी काम पूरा गर्ने र संवैधानिक निकायहरुमा राजनीतिक नियुक्ति छिटो गर्ने र मापदण्ड तय लगायतका विषयमा आजको बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।