टेलिकमको तार चोरी गर्ने चार जना प्रहरी नियन्त्रणमा

everest kitchen

काठमाडौं । मोरङको विराटनगरमा नेपाल टेलिकमको तार चोरी गरेको अभियोगमा युवाहरू प्रहरी नियन्त्रणमा रहेका छन् । टेलिकमको तार चोरेर बिक्रीवितरण गर्ने कार्यमा संलग्न ४ जना युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय रविन सहनी, २१ वर्षीय विजय सहनी, वर्ष १९ का सुमित सहनी र १८ वर्षका राज सहनी रहेका छन्। उनीहरू टेलिकमका विभिन्न तारसहित प्रहरी नियन्त्रणमा परेका हुन ।उनीहरुबाट नेपाल टेलिकमको १५० पेयर र २२० मिटर केवल तार बरामद गरेको छ।

त्यस्तै, उनीहरुबाट को ४ प ४१५८ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न अन्यको पनि खोजि भैरहेको र संलग्न सबैलाई कानुन अनुसार कारबाहीको तयारी थालिएको छ ।