काउली बुढी र डम्मर बिस्वकर्माको स्वर रहेको दशै तिहार गीत सार्बजनिक (भिडियो )

everest kitchen

बाजुरा । बाजुरा बडिमालिका वडा न ७ का डम्मर बिश्वकर्माको परदेशीको कथाव्यथा समेटेर दशै तिहार गित “आउदैन ए पियारा” बाेलकाे गित बजारमा ल्याएका छन् । गीतमा “सन्ध्या बुढा (काउली बुढी) र डम्मर बिश्वकर्माको” स्वरमा रहेको उक्त दशै तिहार बिषेश गित भावना म्युजीक सोेलुसनको आधिकारिक युटुवबाट सार्बजनिक गरिएको हो ।

बिमल अधिकारी दियानी ओलीको अभियनय रहेको गीतमा परदेशमा बस्ने नेपाली दाजुभाइहरुको ब्याथालाई समेटर बनाएको छ । यसमा डम्मर बिश्वकर्माको शब्द तथा अमित बाबु राेकायाकाे लयमा रहेको छ भने गीतको सम्पादन नबिन घर्तिमगरले गरेका छन । उक्त म्युजिक भिडीयोलाई बिमल अधिकारीले निर्देशन गरेका छन् ।

गीत परदेशसीयका हजारौं युव, युवतिको वास्तविक पिडामा आधारित रहेको र गीतलाई सबैले मन पराइदिएको गायक बिश्वकर्माले बताए । आइतबार मात्रै युटुवमा अपलोड गरिएको सो म्युजिक भिडीयो ९० हजार भन्दा बढिले हेरीसकेको छ । मलेसियालाई कर्म थलो बनाएका विश्वकर्माले गित संगीत तिर पछिल्लो समय २ दर्जन बढि गितहरु बजारमा ल्याइसकेको बताएका छन् ।