काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिला नियन्त्रणमा

everest kitchen

काठमाडौं । काठमाडौंमा २२ पटक सम्म साना बालबालिकाको कानको मुन्द्रा चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालबालिकालाई ललाईफकाई कानको मुन्द्रा चोर्ने महिला र उनलेे चोरेको सुन किन्ने एक पुरुष पनि पक्राउ परेका छन् ।

उपत्यकाको विभिन्न स्थानहरूबाट बालबालिकाहरूलाई ललाईफकाई कानको मुन्द्रा लुटपाट गर्ने व्यक्ति पक्राउ सम्बन्धमा काठमाण्डौंको बालाजु मनमैजु, कपन कपुरधारा, गल्कोपाखा, स्युचाटार, कोटेश्वर, बालकुमारी, गोठाटार, पानी ट्याङ्की, महांकाल, आरुबारी, नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र सुन किन्ने पुरुषलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलिले नियण्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

हालसम्म २० जना अभिभाबकहरू प्रहरी सम्पर्कमा आएको तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको बताएको छ । साथै आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग कसरी सुरक्षित हुने भनेर सिकाएमा भविष्यमा पुनः यस प्रकृतिका घटनाहरू दोहोरिन नपाउने भन्दै प्रहरीले अनुरोध गरेको छ ।