वाग्मती सरकारले सहुलियतपूर्ण तीन अर्बको ऋण लगानी गर्ने

everest kitchen

 

काठमाडौं । वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब रूपैयाँ बराबरको ऋण लगानी गर्ने भएको छ । सहुलियतपूर्ण ऋण उत्पादन केन्द्रित हुने बताएको छ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधिसमेत पारित गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिएका छन्।

उक्त ऋण छिट्टै नागरिकहरुमा उपलब्ध हुने बताएको छ । ऋण कृषि , उद्योग , व्यापारसंग सम्बन्धित रहने छ भने बिना धितो उपलब्ध हुने बताएको छ ।