पाल्पाको रम्भा गाउँपालिकामा पहिरो खस्दा ५ जना बेपत्ता

everest kitchen

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का स्थानीय होमबहादुर गाहा मगरको घर गएराति पहिरोले पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार , ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ । अरु विवरण आएको छैन । घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको जिप्रका पाल्पाले जनाएको छ ।

केही दिनदेखिको लगातार बर्षातको कारण उक्त क्षेत्रमा पहिरो खसेको बताएको छ । यस्तै वर्षातको कारण नारायणगढ -मुग्लिन सडकखण्डमा पनि अवरोध आएको र देशभरिको विभिन्न स्थानमा पहिरो जोखिम रहेकोले सतर्क रहन सुरक्षा निकायले सुझाव गरिएको छ ।