स्याङ्जा पहिरो : एकै परिवारका ९ जनासहित १० जनाको निधन

everest kitchen

काठमाडौं । स्याङजाको वालिङ नगरपालिका १४ तमादीमा बिहिवार बिहान गएको पहिरोले एउटा घर पुर्दा एकै परिवारका ९ जनाको मृत्यु भएको छ भने कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको छ ।

एकै परिवारका ९जनाको मृत्यु भएकोमा एक जनाको जिवितै उद्धार गरिएको छ। मृत्यु हुनेहरुमा ६० वर्षिया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षी दिपक नेपाली, २८ वर्षीया उमाकला नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १४ वर्षीय विक्रम नेपाली, १६ वर्षीया विनिता नेपाली, ९ वर्षीय दिवस नेपाली र ७ महिने शिशु रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार मनिषा नेपालीको उद्धार गरेर उपचारका लागि पोखरा पठाइएको छ। राति सुतिरहेका बेला आएको पहिरोले परिवारै सखाप पारेको हो। यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ विर्घामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १७ वर्षीय विष्णु परियार रहेका छन्। राति २ बजे आएको पहिरोमा अरुले भने जोगिएर उम्कन सफल भएका थिए।