टीआर सेनेहाङद्धरा निर्देशीत म्युजिक भिडियो सार्वजनिक (भिडियो )

everest kitchen

तेह्रथुम। टंक लिम्बुको स्वर, भद्रकला आङबुहाङ राईको शब्द र बादल लिम्बुको संगीत रहेको ‘मैले माया लाएको’ गीतको भिडियो युट्युव च्यानलमार्फत बिहिबार सार्वजनिक भएको छ । जसमा कलाकार विनोद तामाङ र शिखा पयाङगुको अभिनय रहेको छ ।

पत्रकार तथा कलाकार टीआर सेनेहाङले निर्देशन गरेको गीतको भिडियोमा गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पीडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको छ ।

उमेश नेपालीको छायांकन, अनिल रानाको सम्पादन रहेको निर्देशक सेनेहाङका साथमा मनोज दाहाल, राजकुमार तेयुङ र धनुकी लिम्बु पनि अतिथि कलाकारका रुपमा रहेका छन् । भिडियो मिराकल अनलाइन टिभीमार्फत हेर्न र सुन्न सकिनेछ ।