युइएफए सुपरकपको उपाधि वायर्नले जित्यो

everest kitchen

ऐजेन्सी । बिहीबार राति हंगेरीमा भएको फाइनल भिडन्तमा वायर्नले १-० ले पछि परेको स्थिति उल्टाउदै २-१ गोलको जित निकालेको छ । स्पेनिस क्लब सेभियालाई पराजित गर्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपरकपको उपाधि जितेको हो ।

वायर्नले युरोपियन च्याम्पियन्स लिगको विजेता तथा सेभियाले युरोपा लिगको विजेताको हैसियतमा सुपरकपको उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन्। खेलको १३ मिनेटमा सेभियाले पेनाल्टी गोलबाट खेलमा अग्रता लियो। उसका लागि लुकास ओकम्पसाले पेनाल्टीमा गोल गरेका थिए। इभान राकिटिकलाई वायर्नका डेभिड अलाबाले तानेपछि सेभियाले पेनाल्टी पाएको थियो।

सेभियाको पेनाल्टी पछि ३४ मिनेटमा वायर्नले बराबरी गोल फर्कायो। उसका लागि लियोन गोरेट्जकाले गोल गरेका हुन्। गत सिजन लिग, कप र च्याम्पियन्स लिगको उपाधि जितेको वायर्न लगातार ३२ खेलमा अपराजित छ।