देशभर प्रकोपका बिरामी ७० हजार ६ सयबढी

everest kitchen
photo file

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७० हजार ३ सय १३ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २ सय ८९ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा १४ सय ५५ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या स्थिर अवस्थामा रहेको छ ।

हालसम्म नेपालमा ४ सय ७१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ६ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।