नेपाल लोकस्टार सेकेण्ड रनरअप “बिनोद दनुवार”को ‘माया कहिले पुरानो हुदैन’ सार्वजानिक

everest kitchen

काठमाडौ । बिनोद दनुवारको आवाजमा रहेको अर्को ‘माया कहिले पुरानो हुदैन’ बोलको गीत सार्बजनिक भएको छ । शब्द/लय/स्वर आफ्नै रहेको यो गीत “बिनोद दनुवार अफिसियल” युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

पारीबारिक माया र बाध्यात्मक परिबेश अनि बिछोडको बियोगलाई छर्लङ्ग देखाउन खोजिएको यो गितमा मोडल तथा गायिका “शसिकला राई” को साथ गायक आफै पनि अभिनयमा छन् । यस भिडियोलाई आशिष राईले निर्देशन गरेका हुन भने सम्पादन र छायांकन मनोज राईको रहेको छ साथमा दुर्गा बान्तावा राई साथ रहेको छ ।

लोक स्टार का सेकेन्ड रनरअप विजेता समेत रहेका सुनुवार “गाईघाट बजार, अामाको माया, दुई एकान दुई, म हु गोर्खाली लाहुरे, बाचा कसम जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन। गायक दनुवारका अनुसार अब चाडै नै अन्य गीतहरु मा पनि काम सुरु गरेको बताएका छन ।