अर्घाखाचीको शितगंगामा पहिरो जोखिममा दर्जनौं परिवार

everest kitchen

 


काठमाडौं । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप दर्जन घर परिवार विस्थापित भएका छन् । पाहिरोले विस्थापित परिवारलाई सुरक्षित स्थान तीर लिइएको छ ।

शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी लगायतका स्थानमा १७ घर बगाएको थियो । बाकी दर्जनभन्दा बढि घर उच्च जोखिममा परेपछि सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

उनीहरुलाई गौरा माध्यमिक विद्यालयमा राखिएको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिएका छन् । ‘दिउँसोको समय भएकाले पहिरो जाने थाहा पाएपछि घरमा रहेका सबै मान्छे बाहिर निस्केर सुरक्षित हुन सफल भए,’ मेयर अधिकारीले भने । नत्र नराम्रो हुन सक्थ्यो ।

पहिरोको जोखिम परेको स्थान आसपासका परिवारलाई अहिले व्यवस्थापनको काम भइरहेको बताएको छ । घटना स्थलमा प्रहरी र स्थानीयवासीको सक्रितापूर्वक विस्थापित पीडित परिवारलाई व्यवस्थित तरिकाले सुरक्षित स्थानमा राख्ने काममा जुटिरहेका छन् ।