प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

everest kitchen

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी क्वारेन्टाइन बसेका हुन ।

प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टाइनमा बस्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी स्वास्थ्य सुरक्षा सजगता अपनाउंँदै क्वारेन्टाइनमा बसेको निर्देशनालयले जानकारी दिइएको छ ।