सांसद रसाइली नर्भिकमा उपचाररत

everest kitchen

असोज, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली ‘स्नेही’ सवारी दुर्घटनामा परेका छन् । नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो ।

सोमबार बिहान सीतापाइलाबाट बानेश्वरतर्फ आउँदै गर्दा साँढे सात बजेतिर टेकुमा स्नेही सवार बा ६५ प ५६७३ नम्बरको स्कुटरलाई बा २ ख ९८१० नम्बरको माइक्रोबसले ठक्कर दिएको हो । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

दुर्घटना पछि उहाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई दायाँ हातमा र खुट्टामा चोट लागेको छ । स्कुटीमा सीतापाइलाबाट बानेश्वर, अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएपछि उहाँ घाइते हुन पुगेका हुन नेपालीले भने ।