“सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक कार्यक्रम हुने

everest kitchen

काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो ।

अनलाइन जुम एप मा सञ्चालन हुन लागेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरू तथा सरोकारवालाहरुलाइ समावेश गरेर विभिन्न संघसंस्थाहरुले कार्यक्रम आयोजना गरृका हुन । कार्यक्रमलाई सीडीडी, एनआईआईसीई, एनपीआई र नेमुम लगायतका संस्थाहरुले आयोजना गरेका हुन । उक्त कार्यक्रममा विशेषगरी प्रवासमा रहेका श्रमिकको विषय र महिला सशक्तीकरणका विषयमा छलफल हुने बताएको छ ।

कार्यक्रममा डाक्टर गणेश गुरुङ, बन्दना राना, शरु जोशी श्रेष्ठ, डाक्टर रमेश सुनम लगायतको सहभागीता रहनेछ । त्यस्तै कार्यक्रमलाई मोहन कृष्ण श्रेष्ठले अध्यक्षता गर्ने छन् भने मित्र बहादुर पौडेलले कार्यक्रम सहजीकरण गर्ने छन् ।कार्यक्रम मंगलबार दिउसो २ बजेदेखि ३:३० सम्म चल्नेछ ।