आज मलेसियामा १०१ जना नया बिरामि थपिए, ५० जना निकाे भए

everest kitchen

 

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय १जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि संक्रमित थपिन थालेकामा यो आजको बढ्दो धेरै सङ्ख्या हो ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १३४ रहेकाे छ भने ११ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गएको २४ घण्टामा ५० जना डिस्चार्ज भएपछि ९ हजार ९३९ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल १ हजार ६२ जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा एक सयको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार १ हजार ६२ जनामा संक्रमण सक्रिय रहेको छ । नियन्त्रण नजिक पुगेको बिरामी सङ्ख्या बढ्न थालेपछि सरकारले प्रकोप क्षेत्रमा आवागमन नियन्त्रण आदेश जारी गरेर कन्ट्याक्ट् ट्रेसिङ तथा जाँच पड्तालको काम थालिएको र नियन्त्रण उन्मुख रहेको बताएको छ ।