प्रकोप पोजेटिभ शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको निधन

everest kitchen

काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी ५७ वर्षीया स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण निधन भएको छ । काठमाडौं ठेगाना भएकी उनको मंगलबार बिहान सवा सात बजे निधन भएको हो ।

अस्पतालका कोभिड टिमका सदस्य डा. सविन थपलियाका अनुसार मृतक अस्पतालमा वार्ड एटेन्डेन्ट थिइन् । मृ तक स्वास्थ्यकर्मीमा दम र थाइराइडको पनि समस्या थियो । उनमा संक्रमण पुष्टि भएपछि भने निमोनियाको पनि समस्या देखिएकाले असोज ३ गते आइसियूमा भर्ना गरिएको थियो।

पछि भेन्टिलेटरबाट निकालिए पनि उनको स्वास्थ्यमा सुधार नदेखिएको डा. थपलियाले जनाए। मृ तक स्वास्थ्यकर्मीको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । मंगलबारमा मात्रै देशभर १० जना कोरोना संक्रमितको निधन भएको छ ।