भारतीय उप-राष्ट्रपति नायडुलाई कोभिड पुष्टि

everest kitchen

ऐजेन्सी । भारतका उप-राष्ट्रपतिलाई भयो कोरोनाको संक्रमण पुष्टि भएको छ । भारतका उप-राष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको हो ।
उप-राष्ट्रपतिको सचिवालयले मंगलबार नायडूलाई संक्रमण भएको जानकारी दिएको हो।

‘भारतका दप-राष्ट्रपतिको आज नियमित कोभिड-१९ को परीक्षण गरियो जसमा उहाँ पोजेटिभ आउनुभएको छ। यध्यपी उहावां लक्षण छैन र स्वस्थ्य देखिनु भएको छ’, सचिवालयले ट्विट गरेको छ। ‘उहाँलाई घरमा नै क्वारेन्टिनमा बस्ने सल्लाह दिइएको छ। उहाँकी पत्नी ऊषा नायडूको परीक्षण नेगेटिभ आएको छ र उहाँ सेल्फ आइसोलेसन हुनुहुन्छ’, ट्विटमा थप भनिएको छ।

त्यस्तै भारतमा कोरोना संक्रमितको सङ्ख्या अत्याधिक बढेको देखिन्छ । हालसम्म भारतमा ६२ लाख २३ हजार ५१९ जना प्रकोपका बिरामी रहेका छन भने ९७ हजार ५२९ जनालेजणयान गुमाएका छन । त्यस्तै ५१ लाख ८४ हजार ६३४ जनाले स्वास्थ लाभ गरेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।