देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ५९ थपिए, निधन हुने ७ जना

everest kitchen

 

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७७ हजार २ सय १७ पुगेको छ । यो सङ्ख्या एक हजारको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या २० हजार ८९१ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ५७जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ५६ हजार ४२८ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या स्थिर अवस्थामा रहेको छ ।

हालसम्म नेपालमा ४ सय ९८ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा ७ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।