युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम

everest kitchen

कलैया । बारामा युवा विद्यार्थी संघर्ष समिति २ नम्बर प्रदेशको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बाराको सिम्रनगढ स्थित श्री कंकाली उचमधमिक विध्यालयमा समिति उपाध्यक्ष सनी गुप्ताको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो ।

समितिले नेपाल रेडक्रस पर्सा को सहकार्य गरेको उक्त रक्तदान कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गरेका थिए । जसमा समिति सदस्यहरु स्थानीय एक महिला सहित २१ जना पुरुष र एक जना ईलाका प्रहरी कार्यालयका प्रहरी जवान रहेका छन् ।

कार्यक्रमलाई रेडक्रस पर्साका साबिर अहमद एराज र भिसीएन बारा का जिल्ला संजोजक रंजित कुशवाहाले कार्यक्रम को उदघाटन गरेका थिए । उक्त कार्यक्रम मा रेडक्रसका उदयराज शर्मा ,धीरेन्द्र झा लगायतको प्रबिधिक टोलीको उपस्तिथि रहेको थियो।

कार्यक्रममा रक्तदान गर्नेहरु शेख मोतिम,अजित कुमार,संतोष कुमार ,मेवलाल प्रसाद , शनि कुमार गुप्ता , अर्बिन्द प्र.यादव ,कुन्दन कुमार जैसवाल ,सचदेव राय यादव , चन्दन कुमार जैसवाल ,राकेश कुश्वहा , शान्ति देवि , अनिश कुमार कर्न , रवि कुमार मह्तो , मुस्तुफा अन्सारी , गुडु कुमार , राज्विर कुशवाहा , नवीन कुमार चौधुर , रबिन्द्र कुमार , करन कुमार कुश्वाहा , उपेन्द्र पन्दित , राम्बिश्वाश कुमार कुश्वाहा ,रबिन्द्र राम र सन्दिप कुमार रहेका छन् ।