वैदेशिक रोजगार श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द

everest kitchen

काठमाडौं । वैदेशिक रोजगारीका लागि दिदै आएको श्रम स्वीकृति अनिश्चितकालीन अवस्थाका लागि बन्द रहने भएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयको सेवा बुधबारदेखि बन्द गरिएको छ ।

श्रम स्वीकृति प्रदान गर्ने कार्य रोकिएको बुधबार सूचना जारी गर्दै जानकारी दिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएकोले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको कार्यालयले जनाएको छ । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैदेशिक रोजगार खुला गरेसँगै पछिल्ला केही दिनयता कार्यालयमा श्रम स्वीकृति लिनेको भिड बढेको थियो ।

श्रम स्वीकृति बन्द भएसंगै बैदेशिक रोजगारीमन जान तयारी गरेका नेपाली श्रमिकहरु मर्कामा पर्ने भएका छन् । कतिपयले टिकेट काटि सकेको र सो अवस्थाका नेपालीलाई झन समस्या हुने भएको गुनासो बढेको पाइएको छ । सरकारले छिट्टै व्यवस्थापन गरेर श्रम पुनः सञ्चालन गर्नुपर्ने तयारीमा रहेका श्रमिकले बताएका छन् ।