मलेसियाको टप ग्लोव कम्पनीले श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेटसम्म रकम फिर्ता गर्ने

everest kitchen

ऐजेन्सी । मलेसियाको टप ग्लोव कम्पनीले आप्रवासी श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेट सम्म रकम फिर्ता गर्ने भएको छ । कम्पनीले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेको हो ।

मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न हुनुपरेकोले चर्को श्रम शोषण गरिएको आवाज सञ्चारमाध्यममा उठ्न थालेको थियो । उक्त कार्यको विरोधसंग अमेरिका लागायत विभिन्न मुलुकहरुले मलेसियाको ग्लोव आयातमा बन्देज लगाएपछ मलेसियाका ग्लोब कम्पनीहरुले रकम फिर्ता गर्न थालेको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

ग्लोब उत्पादन गर्ने मलेसियाकै ठुलो ग्लोब कम्पनी “टप ग्लोब”ले अबको १२ महिना भित्र सम्पूर्ण श्रमिकको रकम फिर्ता गर्ने तयारी गरेको बताएको छ । शुन्य लागत भर्ति शुल्क निर्धारण गरेको समयमा उक्त कम्पनीमा रकम तिरेर काम गर्न गएका मजदुरले रकम फिर्ता पाउनेछन् भने शुन्य लागत बाहेक अघि गएकाले भने नपाउने बताएको छ ।

श्रमिकहरूले कम्पनीलाई प्रदान गरेको कागजातहरूका आधारमा प्रति व्यक्ति सबैभन्दा बढी बंगलादेशी कामदारहरूले झन्डै आरएम २० हजारका दरले, म्यानमार कामदारहरूले आरएम ७ हजार, नेपाली कामदारले ६ हजारको हाराहारीमा रकम फिर्ता पाउनेछन् । त्यस्तै भियतनामी कामदारहरूले आरएम ६ हजार र सबैभन्दा थोरै इन्डोनेसियाका कामदारहरूले आरएम १ हजार प्राप्त गर्नेछन्।