प्रदेश पाँच राजधानी दाङ तोकेकोमा भालुङबाट धन्यवाद

everest kitchen

भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ ।

दाङ प्रदेशिक राजधानी सरोकार समितिको आयोजना भएको उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा राजधानी बैज्ञानिक तथा सान्दर्भिक तरिकाले तोकिएको बक्ताहरुले बताएका छन् ।

प्रदेश पाँचको अस्थायी राजधानीको रुपमा रहेको बुटवलमा रहेकोमा स्थायी राजधानी दाङ र अर्घाखाँचीको सिमानामा रहेको राप्ती नदिको किनारालाई तोकिएपछि घने बुटवलमा निरन्तर बिरोध हुदै आएको छ ।