ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त

everest kitchen

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन कोरोनामक्त भएका छन् । बुधबार दिउँसो प्रमुख महर्जनको कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आए पछि उहाँ कोरोनामुक्त हुनुभएको महर्जनका स्वकिय सचिव इन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।

गत असोज ८ गते सामान्य ज्वरो आउँने र खोकी लाग्ने समस्या आएछि पाटन अस्पतालमा स्वाव परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो सयमको आइसोलेसन बसाइपछि उनी संक्रमन मुक्त भएपछि नियमित काम फर्कने भएका हुन ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार हिजो मात्रै थप ३ हजार ४३९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।