प्रहरी पोशाकमा टिकटक देखि चलचित्र लगायत भिडियो बनाउदा प्रहरी अनुमति लिनुपर्ने

everest kitchen
photo file

काठमाडौ । विभिन्न चलचित्र, टेलिचलचित्र, छोटा फिल्म , प्रन्क भिडियो , सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको प्रयोग गर्दा प्रहरीबाट अनुमति लिनुपर्ने भएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै प्रहरी प्रधान कार्यालयले विभिन्न भिडियो निर्माण ग्रदा प्रहरी पोसाकको दुरुपयो भएको भन्दै त्यसलाई रोक्न दुरुपयोग हुननदिन कडाइ गर्ने उल्लेख गरेको छ । अवदेखि प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्साल स्थित जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार- प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन हुन समेत प्रहरीले अनुरोध गरेको छ । साथै यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।