कोरोना महामारीमा एनआरएन मलेसियाको श्रमिकहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम

everest kitchen

 

हिमाल टाइम्स
मलेसिया । एनआरएन मलेसियाले मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई लक्षित गरि कोरोना महामारीको प्रकोपमा पीडितहरुलाई राहत तथा घर फिर्ति कार्यक्रम सुरु गरेको छ ।

कोरोना प्रभावले काम नपाएर खाली बसेका नेपालीहरु, कम्पनीमा समस्या भएर पीडित भएकाहरु, दुर्घटनामा परेर उपचार नपाएकाहरु, नेपाल फर्किनका लागि समस्यामा परेका पीडितहरुलाई एनआरएन मलेसियाले सहयोग गर्नेछ ।

‘यदि तपाई साच्चिकै पीडित हुनुहुन्छ र तपाईलाई सहयोगको खाचो छ भने हामीलाई सम्पर्क गर्नसक्नुहुन्छ’ एनआरएन मलेसियाले चलाएको अभियानका टोली संयोजक राजु शर्माले बताए । एनआरएन मलेसियाको यो अभियान सन् २०२१ को जनवरी महिनासम्म चल्नेछ ।