आज मलेसियामा ३ सय ५४ जना नया बिरामि थपिदा ६ जनाकाे निधन 

everest kitchen

 

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन  भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३५४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १४१ रहेकाे छ भने १४ हजार ७२२ जनामा संक्रमण पुष्टि भएको छ ।  त्यस्तै गएको २४ घण्टामा १८८ जना डिस्चार्ज भएपछि १० हजार ७०७ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मलेसियामा हाल ३ हजार ८६३  जनामा सक्रिय संक्रमण रहेको छ ।

केहि समयअघि  मलेसियामा लामो समय कोरोना नियन्त्रणको नजिक पुगेको तथ्यांकले देखाएपनि अहिले पछिल्लोपटक कोरोना संक्रमित बढेको पछिल्लो पटकको तथ्यांकले देखाउने गरेको छ । केही दिन देखि मलेसियामा  दुइ सयमाथिको हाराहारीमा संक्रमण पुष्टि भईरहेको छ भने निको हुनेको सङ्ख्या पनि न्युन रहेको तथ्यांकले देखाउछ ।

केहि समयअघि संक्रिय संक्रमितको सङ्ख्या ५१ जना सम्म झरेकोमा पछिल्लो तथ्यांकअनुसार ३ हजार ८६३ जनामा संक्रमण सक्रिय रहेको छ ।