प्रकोप बिरामी नेकपा सचेतक शान्ता चौधरीलाई आइसियूमा सारियो

everest kitchen

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीलाई आइसियूमा सारिएको छ । चौधरीका स्वकीय सचिव सन्तोष दहितका अनुसार उनलाई शुक्रबार राति वीर अस्पतालको आइसियूमा सारिएको हो ।

कोरोना पुष्टि भएपछि चार दिनदेखि उनको त्यहाँ उपचार भइरहेको थियो । चार दिनको उपचारले उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन । श्वासप्रश्वासमा समस्या आएपछि आइसियूमा सारिएको बताइएको छ ।२०७० सालमा स्तन क्यानसरको उपचार गराएकी चौधरी गत वर्ष लामो समयसम्म डेंगीका कारण विरामी परेकी थिइन ।

डेंगीबाट निको भएकी उनमा त्यसपछि दमको समस्या सुरू भएको थियो, जसका कारण घरमै अक्सिजन लिने अवस्था सुरू भएको थियो । उनलाई असोज १९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो ।