जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

everest kitchen

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो ।

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशोधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुने बताएको छ । बैठकले स्पष्ट निति तयार पारेर पार्टीलाइ एकताको पुर्णरुप दिने तयारी थाल्ने बताएको छ ।

तत्कालीन समाजवादी पार्टी र मधेसबादप दलहरु मिलेर बनेको “राष्ट्रिय जनता पार्टीबीच एकता भएपछ जनता समाजवादी पार्टी बनेको थियो । पार्टी एकीकरण भएको ६ महिना पुगेको छ । यधपी जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।