मुख्यमन्त्री शाही बिरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीको दाउमा कंडेल

everest kitchen

रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा सांसदहरूले बताएका छन् ।शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए।

तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए। मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको बुझिएको छ । कंडेल आफू मुख्यमन्त्री बन्ने दाउमा रहेको बताएको छ ।