नेपालमा गएको २४ घण्टामा २ हजार ७१ संक्रमित थपिए, निधन हुने २२ जना

everest kitchen

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३१ हजार ३१५ जना रहेका छन । जसमध्ये केही होम आसोलेसन र लक्षण देखिएका तथा होम आईसोलेसनमा बस्न सम्भब नभएका बिरामीहरु भने अस्पताल तथा सरकारले निर्माण गरेको आईसोलेसनमा उपचार गराई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ५५२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७५ हजार ८०४ जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।

हालसम्म नेपालमा ६ सय ३६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा २२ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।