शिक्षामन्त्री पोखरेललाई कोभिड पोजेटिभ

everest kitchen
photo file

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो पटकको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही दिनदेखि मन्त्री पोखरेलको सम्पर्कमा रहनुभएका सबैलाई सतर्क र सुरक्षति रहन अनुरोध गर्नुभएको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराई पनि सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३१ हजार ३१५ जना रहेका छन । यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ५५२ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७५ हजार ८०४ जना पुगेका छन । हालसम्म नेपालमा ६ सय ३६ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।