वीरगन्जमा अंतरराष्ट्रीय बालिका दिवस मनाइयो

everest kitchen

विरगंज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा युथ एसोसिएसन नेपाल तथा महोत्तरी नेटवर्क अफ युथ को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएको छ । दीप प्रज्वल गरि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम युथ एसोसिएसन नेपालका ज्योति साहको अध्यक्षतामा तथा विरगंज महानगरपालिका को उपप्रमुख श्री शान्ति कार्की ज्युको प्रामुख आतिथ्याता रहेको थियो ।
कार्यक्रमलाई नगर बाल संजालको र युथ ओफ विरगंजका सदस्यहरु लगयत चाइल्ड कलब ग्रेजुएट जया साह र टिम नेपोका अध्यक्ष दिपु बर्नवाल लगायत गङ्गा सरेसट,रन्जिता कलवार,सिजल कुमारी,अर्चना कुमारी लगयतविभिन्न युवायुवती हरुको साथ दिएका थिए ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै ” उपमेयर शान्ती कर्कीले “महिला हरु अशुरक्षित छ्न ! महिला को सहभागिता बढाएर महिलाइ महिलालाइ अबल बनाउन सकिन छ। अगडी बद्ढने महिलाहरुको लागि म जहिले पनि साथ दिन त्यार रहेको बताइन् ।