विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न

everest kitchen

काठमाडौं । विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आइतबार भारतको हरियाणाबाट सञ्चालित उक्त सम्मेलन भारतको “मानुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा सम्पन्न भएको हो ।

सम्मेलनमा विभिन्न १४ देशबाट लघुकथाकारहरुले सहभागीता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथी सरुभक्त श्रेष्ठ  रहेका थिए भने कार्यक्रममा विशिष्ट अतिथीहरूमा लघुकथा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ रोदन, विशेष अतिथीमा डा पुष्कर राज भट्ट र भागिरथी श्रेष्ठ रहेका थिए ।

कार्यकममा भारतका ख्यातिप्राप्त लघुकथाकारका साथै झण्डै एक दर्जन देशका लघुकथाकारहरूले सहभागी जनाएका थिए। उक्त कार्यक्रममा लघुकथाको इतिहासमा लघुकथाको विकासमा योगदान गरेको भन्रादै लघु कथाकार राजु क्षेत्री अपुरोलाई सम्मान गरिएको थियो  ।