सुदूरपश्चिम जिल्लाको दिपायलबाट हवाई सेवा सञ्चालन हुने

everest kitchen

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल नागरिक उड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो ।

जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । विमानस्थलमा भएका सञ्चार उपकरणको पनि मर्मतकार्य भइरहेको छ । कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढिका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ ।

प्राधिकरण कार्यालयका अनुसार हाललाई दिपायलदेखि धनगढीसम्मको टिकट रु तीन हजार २०० तोकिएको छ । टिकटका लागि दिपायल पिपल्लामा रहेको होटल रिभर साइडमा पाइने व्यवस्था मिलाइएको होटल सञ्चालक नन्दनसिंह कार्कीले जानकारी दिए ।