मलेसियामा संक्रमित बढ्न थालेपछि क्वालालुम्पुर, सेलागंर लगायतका क्षेत्रमा शसर्त आवागमन नियन्त्रण लागु

everest kitchen

 

मलेसिया । कम्पनीको पत्र लिएर मात्र एक जिल्लाबाट अर्को जिल्ला जान पाउने मलेसियामा नियन्त्रणमा आइसकेको कोरोना महामारीको समस्या फेरी अत्याधिक मात्रामा फैलिन थालेपछि राजधानी क्वालालुम्पुर, सेलागंर, पुत्राजया लगायत क्षेत्रमा यहि अक्टोबर १५ तारिक देखि २७ तारिकसम्मको लागि शसर्त आवागमन नियन्त्रण कानुन लागु हुने भएको छ ।

मलेसियाका बरिष्ठ रक्षा मन्त्री दातुक स्माइल सब्रि याकुबले नियमित पक्रकार सम्मेलन कार्यत्रममा जानकारी दिदै मलेसियाको एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि पनि अनुमति लिनुपर्ने बताए । ‘यदि कामदारहरुले एक जिल्लाबाट अर्को जिल्ला जानुपर्ने काम छ भने आफूले काम गर्ने कम्पनीको पत्र बोक्नुपर्नेछ ।’ उनले बताए ।

शसर्त आवागमन नियन्त्रणको समयमा फिल्महलहरु, स्कुल, कलेज, पार्क, मन्दिर, मस्जिद, चर्च लगायत भिडभाड हुने स्थानहरु बन्द हुनेछन् भने ब्यापारीक संस्थानहरु, रेष्टुरेन्ट, पसलभने खुल्ला रहनेछन् ।
मलेसियामा कोरोना अत्याधिक बढेपछि साबाह लगायतका राज्यहरुमा भने यस अघि नै आवागमन नियन्त्रणमा कानुन लागु भईसकेको छ ।