महानायक हमाल “जातको प्रश्न” नामक टेलिभिजन कार्यक्रमका कारण विवादमा

everest kitchen

काठमाडौं । अभिनेता राजेश हमाल कान्तिपुर टेलिभिजनबाट प्रसारण भई रहेको “जातको प्रश्न “भन्ने कार्यक्रमबाट विवादमा आएका छन् । नेपाली समाजमा विभेद, असमनता र छुवाछुतको अन्त्यको लागि भन्दै हमालले उक्त टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

उक्त टेलिभिजन कार्यक्रम समता फाउण्डेसनले “क्रिस्चियन एड नेपाल”को लगानीमा कान्तिपुर टेलिभिजनबाट सुरु भएको कार्यक्रम जातको प्रश्न हिन्दु धर्म विरोधी भएको भन्दै सामाजिक संञ्जालहरुमा चर्को विरोध सुरु भएको छ ।

महानायक जस्ता व्यक्तिले क्रिस्चियनहरुको लगानीमा भएको कार्यक्रम चलाएर सिंगो हिन्दु धर्मालम्बिहरुको विरुद्ध र अपमान गरेर खलनायकको परिचय दिएको भन्दै सामाजिक संजालमा विवाद भईरहदा राष्ट्रिय एकता अभियानको नेतृत्वमा काठमाडौंको भिमसेनगोलामा अभिनेता हमालको पुत्ला समेत जलाएको छ ।

राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले उक्त कार्यक्रमले हिन्दुधर्मालम्बिहरुको बद्नाम गरेको र मिलेर बसेको नेपाली समाजलाई भाड्ने कार्यक्रम भएकोले तत्काल बन्द गर्नु पर्ने माग गरेका छन् ।