कर्णाली प्रदेश मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

everest kitchen

 

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही विरुद्ध प्रदेश सचिवलयमा भएको अविस्वासको प्रस्ताव माधव नेपाल समुहले फिर्ता लिने भएको छ ।

मंगलबार मुख्यमन्त्री शाही र माधव नेपालबिच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भएपछि उक्त प्रस्ताव फिर्ता लिन लागिएको हो ।दुई बिचको सहमति अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्दा नेपाल समुहको भागमा तीन मन्त्री र एक सचेतकको पद पर्नेछ ।

गत असोज १८ गते मुख्यमन्त्री शाही विरुद्ध आफ्नै पार्टीका १८ संसदहरुबाट प्रदेशसभा सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता भएको थियो । जसमा माधव नेपाल समुहका ७ जना संसद छन् ।