काठमाडौं उपत्यकामा मंगलबार मात्रै २ हजार १ सय २९ प्रकोपका बिरामी थपिए

everest kitchen

 

काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १७४६ जना, भक्तपुरको १६७ जना र ललितपुरका २ सय १६ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो। त्यस्तै स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार देशभर थप ३ हजार ५५६ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । यो सङ्ख्या २ हजार बढिको हाराहारीमा केहि दिनदेखि निरन्तर रहेको छ ।

यस्तै नेपालमा हालसम्म सक्रिय संक्रमितको सङ्ख्या ३५ हजार ९१५ जना रहेका छन । यस्तै नेपालमा गएको २४ घण्टमा १ हजार ५०३ जना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेका छन । नेपालमा हालसम्मकाे तथ्यांकअनुसार पछिल्लो अवस्थामा संक्रमितको सङ्ख्या सङ्ख्या पनि तुलनात्मक रुपमा बढिरहेको छ ।

हालसम्म नेपालमा ६ सय ६३ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । जसमध्ये गएको २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरि थप जम्मा १८ जनाकाे मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।